Logo

विपीलाई यसरी सम्झीयो नेबिसंघ धुलाबारी माविले



मेचीनगर, २५ भदौ । नेपाल विद्यार्थी संघ धुलाबारी माविले शुक्रबार दिप प्रज्वलन गरेको छ ।

नेबिसंघ धुलाबारी माविले १०९ औँ वीपी जन्म जयन्तीको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा दिप प्रज्वलन गरेको हो ।

नेबिसंघ धुलाबारी माविका एकाई सभापति आदर्श पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति सुदेश पनेरु, नेबिसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेपाली कांग्रेस मेचीनगर नगरपालिका वडा नं.१० का वडा सभापति चन्द्र तिवारी, नेबिसंघ नगर सभापति रोशन खड्का लगायतको उपस्थिति रहेको नेविसंघ मचीनगरका सह-सचिव शैलेश गौतमले जानकारी दिए ।

नेबिसंघ धुलाबारी माविका एकाई उपसभापति स्वस्तिका चिमरियाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृशला तामाङले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्