Logo

विप्लवका नेता कार्यकर्तामाथिकाे मुद्दा खारेज गर्ने सरकारकाे निर्णय



काठमाडौँ, ३१ भदौ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।

यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय गरेको हो ।

यसैबीच सरकारको यो निर्णयको नेकपाले स्वागत गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर सरकारको निर्णयलाई पार्टीले स्वागत गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकबाट मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय भएपछि प्रकाण्डले धन्यवाद दिएका हुन् ।

यस्तै यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार अघि बढेको भन्दै विज्ञप्तिमा खुसी पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्