Logo

विप्लवविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्छ: श्रेष्ठ



काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालबाट नियमित अदालती प्रक्रिया भनेर पन्छिन नमिल्ने बताएका छन् । उनले यसका लागि सरकारसँग पहल गर्न समेत आग्रह गरेका छन् ।

‘कमरेड विप्लवहरूलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पञ्छन मिल्दैन । यसलाई खारेज गर्नु अनिवार्य छ ।  सरकारले अविलम्व आवश्यक कदम चालोस्,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्