Logo

विभिन्न पार्टी परित्याग गरेर २७ जना एमालेमा प्रवेश



काठमाडौँ, ४ असोेज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।

बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन् । उनीहरु नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सँधै प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्