Logo

विमान दुर्घटनाकाे अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा



फाइल तस्बिर

पोखरा, ४ माघ । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ ।

एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले घटनास्थलको अवलोकन, स्थानीय र उडानमा संलग्नहरूसँग कुराकानी गर्ने छ ।

सरकारले विमान दुर्घटनापछि पूर्व-सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगको टोली पनि पोखरामै छ । जाँच आयोगले पनि दुर्घटनको कारणबारे अनुसन्धान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

गएको आइतवार बिहान काठमाडौँबाट पोखरा आउँदै गरेको विमान पोखरा-७ र पोखरा-१५ को सेती नदी खोँचमा दुर्घटनामा परेको थियो । विमानमा चालका दलका चार जना सदस्यसहित ७२ जना रहेकामा ७१ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्