Logo

विमान दुर्घटनाकाे शाेकमा भाेलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय



काठमाडौँ, १ माघ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस्तै दुर्घटनाका प्रति गहिरो दु:ख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रद्धाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्