काठमाडौँ, १ माघ । पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।
उनीहरुले विमानस्थलका अधिकारी, यति एअरलाइन्सका पदाधिकारी, सुरक्षा निकाय लगायतका व्यक्तिसँग दुर्घटनाको जानकारी लिने छन् ।
६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौँबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको छ ।






