Logo

विराटनगरका युवकमाथि जोगबनीमा गोली प्रहार



विराटनगर, २५ मंसिर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ ।

विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनको बायाँ तिघ्रामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्