Logo

विराटनगरको मेयरमा गठबन्धनको अग्रता



विराटनगर, ३१ वैशाख । विराटनगर महानगरपालिकामा ७ सय मत गन्दा मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले २६९ मत ल्याएका छन् ।

गठबन्धनका उम्मेदवार कोइरालालाई एमाले सागर थापाले १८१ पछ्याइरहेका छन् भने, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २३६ मत ल्याएकी छन् । गठबन्धनको साझा उम्मेदवार अमरेन्द्र यादवले १५२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्