Logo

विराटनगरमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप



विराटनगर, ९ वैशाख । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनरत पहिचनवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । कोशी प्रदेश नाम राखिएको विरोधमा भएको आन्दोलनको क्रममा ५ चैत गते घाइते भएका पदम लिम्बुको चैत १० गते मृत्यु भएको थियो ।

आन्दोलनकारीले मृतक लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याएका थिए । शव यात्राको क्रममा आज प्रहरीसँग झडप भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको सडकलाई निषेधित क्षेत्र बनाइएको छ । आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्