Logo

विराटनगरले पराजित गरेको एक मात्र टिम सुदूरपश्चिमसँग आज पुनः भिडन्त



काठमाडौं, २३ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ भने विराटनगर किङ्स दोस्रो स्थानमा उक्लँदै क्वालिफायरका लागि स्थान बनाएको हो। सात खेलमध्ये सुदूरपश्चिमले छ खेल जितेको थियो भने विराटनगरले पाँच जित दर्ता गरेको थियो।

लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको एक मात्र टिम बनेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग हार बेहोरेको थियो।

आजको खेलको विजेता टोली सीधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटर खेलमार्फत फाइनल प्रवेश गर्ने अर्को मौका पाउनेछ।

प्रतिक्रिया दिनुहोस्