Logo

विवाद चर्किएपछि कृष्णमान प्रधानद्वारा उम्मेदवारी फिर्ता



काठमाडौं, १४ साउन । निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सोमबार संसदीय सुनुवाइ समितिलाई पत्र लेख्नुहुँदै प्रधानले सो पदमा काम गर्ने इच्छा नभएकाले उम्मेदवार कायम नराख्न आग्रह गर्नुभएको हो ।

संसदीय सुनुवाइ समितिले आजै अपराह्न ५ बजे उहाँको प्रस्तावित उम्मेदवारीकोबारे निर्णय गर्ने तयारी गरेको थियो ।

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नौतिक चरित्र (यौनप्रकरण)को विषयमा शृङ्खलाबद्ध समाचारहरु आएपछि उहाँले यस्तो लिखित आग्रह गर्नुभएको हो ।

उहाँले निवेदनमा लेख्नुभएको छ, ‘‘संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्न हौसला र इच्छा बाँकी नरहेकाले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्राप्त निष्ठावान रहने बचनबद्धतासहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समितिसमक्ष जानकारीका लागि अनुरोध गर्दछु ।’’

प्रतिक्रिया दिनुहोस्