काठमाडौं, १८ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
बैठकका लागि पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार विशेष महाधिवेशनको मिति सार्वजनिक गरेपछि बैठक आह्वान गरिएको हो। बैठकअघि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग परामर्श गरेका थिए।







