Logo

विश्वकपअघि नेपालको अन्तिम परीक्षा आज, अभ्यास खेलमा क्यानडासँग भिड्दै



काठमाडौं, २२ माघ । आइसिसी टी–२० विश्वकपअघि नेपालले आज अन्तिम अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा एसोसिएट टोली क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र क्यानडाबीचको अभ्यास खेल चेन्नईस्थित एमए चिदाबरम क्रिकेट मैदानमा दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ। मङ्गलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले युएईलाई सात विकेटले हराउँदै आत्मविश्वास बढाएको थियो।

युएईमाथिको सहज जितपछि नेपाली टोली उच्च मनोबलमा देखिएको छ। टोली व्यवस्थापनले क्यानडाविरुद्धको खेललाई विश्वकपअघि संयोजन परीक्षण र लय समात्ने अवसरका रूपमा लिएको छ।

विश्वकपका मुख्य खेलहरूलाई लक्षित गर्दै नेपाल क्यानडामाथि जित निकाल्दै थप ऊर्जा र आत्मविश्वाससहित प्रतियोगितामा प्रवेश गर्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्