Logo

विश्वकप क्रिकेट: इंग्ल्याण्ड १५६ रनमै अलआउट



भारत, ९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ ।

भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो ।

ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो । श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्