Logo

विश्वकप क्रिकेट: इङ्ल्यान्डलाई हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात



भारत, १९ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । न्युजिल्यान्डका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेलेका थिए ।

जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित रहेका थिए । इङ्ल्यान्डका साम करनले १ विकेट लिएका थिए ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । उसका जोए रुटले सर्वाधिक ७७ रन बनाए ।

यस्तै, कप्तान जोस बटलरले ४३ र जोनी बेयर्स्टोले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिएका थिए ।

इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो ।

प्रतिक्रिया दिनुहोस्