Logo

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियाे ३ सय १२ रनकाे लक्ष्य



लखनउ, २५ असोज । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दिएको छ ।

लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाए । उनी १ सय ९ रन बनाएर आउट भए । यस्तै एडन मारक्रमले ५६ र कप्तान तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २-२ विकेट लिएका थिए ।

दुवै टोलीको यो दोस्रो खेल हो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई हराउँदा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्