Logo

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दियाे ४०० रनकाे लक्ष्य



मुम्बई, ४ कात्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले शतक बनाए । उनी ६७ बलमा १०९ रन बनाएर आउट भए । यस्तै रेजा हेन्ड्रिक्सले ८५ र मार्को जानसेनले नटआउट ७५ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रिस टपलेले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्