भारत, ५ कात्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।
धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको हो ।
न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय २७ बलमा १ सय ३० रन बनाएर आउट भए । यस्तै रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिएका थिए ।
न्युजिल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । भारत उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।