Logo

विश्वकप क्रिकेट: पाकिस्तानसँग बङ्गलादेश २ सय ४ रनमा अलआउट



भारत, १४ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भएको हो ।

बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिएका थिए ।

पाकिस्तान ६ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्