Logo

विश्वकप क्रिकेट: बङ्गलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य



भारत, २ कात्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनको लक्ष्य दिएको छ ।

पुनेमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनाएको हो ।

बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज र रवीन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बङ्गलादेश उति नै खेलमा १ खेल जितेर २ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्