भारत, २० असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ ।
बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ ।
त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् ।