Logo

विश्वकप क्रिकेट: बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्का खेल्दै



भारत, २३ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ ।

आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्यान्ड नेपाली समय अनुसार बिहान पौने ११ बजे धर्मशालामा खेल्नेछन् । बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने इङ्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै, दिउँसो सवा दुई बजे पाकिस्तान र श्रीलङ्काबीच हैदराबादमा खेल हुनेछ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्डलाई ८१ रनले हराएको थियो भने श्रीलङ्का दक्षिण अफ्रिकासँग एक सय २ रनले पराजित भएको थियो ।

यसअघि हिजो भएको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हरायो । लगातार दुई खेल जितेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्