भारत, १२ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।
लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।
भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन बनाएका थिए ।
बलिङतर्फ इङ्ल्यान्डका डेभिड विलीले ३ तथा क्रिस वोक्स र अदिल रशिदले समान २ विकेट लिएका हुन् ।
भारत ५ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ५ खेलमा २ अङ्कसहित पुछारमा रहेको छ ।