Logo

विश्वकप क्रिकेट लिग: नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य



काठमाडौँ, १३ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेदरल्याण्ड्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको हो ।

नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रन बनाएका थिए ।

त्यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेख १७ र रोहित पौडेलले १६ रन बनाएका हुन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र आर्यन दत्तले समान तीन विकेट लिएका थिए भने बास डे लिडेले दुई र रोइलोफ भान डेर मेर्वेले एक विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्