Logo

विश्वकप क्रिकेट: श्रीलङ्का २ सय ९ रनमा अलआउट



भारत, २९ असोज । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा अलआउट भएको छ ।

लखनउमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४३.३ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनाएको हो ।

श्रीलङ्काका कुशल परेराले सर्वाधिक ७८ रन बनाए । यस्तै पथुम निसान्का ६१ रन बनाएर आउट भए । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ४ तथा कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्