भारत, १३ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई २ सय ४२ रनको लक्ष्य दिएको छ ।
पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४१ रन बनाउँदा अलआउट भएको हो ।
श्रीलङ्काका पथुन निसान्काले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिएका थिए ।
श्रीलङ्का ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । अफगानिस्तान उति नै खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा सातौँ स्थानमा छ ।