काठमाडौं, २ श्रावण । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ।
नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यही जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ।
पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।
यो प्रशिक्षणमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी समावेश छैनन्।
यी खेलाडीले गर्नेछन् भारतमा अभ्यास
रोहित कुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार