Logo

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित



काठमाडौं, २५ जेठ । विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ ।

शनिवार राति भएको समूह ‘के’को खेलमा एन्डोरालाई १–० गोलले हराउँदै इङ्ग्ल्याण्डले तेस्रो जित निकालेको हो । इङ्ग्ल्याण्डका लागि हेरी केनले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पाँचौँ मिनेटमा केनले गोल गरेका हुन् । खेलमा एन्डोराले केही राम्रो आक्रमण गरे पनि गोल गर्न सकेन ।

सोही समूहको अर्को खेलमा अल्बानिया र सर्बियाबीच गोलरहित बराबरी भयो ।

समूहमा इङ्ग्ल्याण्ड ३ खेलमा शतप्रतिशत जितसहित ९ अङ्कका साथ शीर्ष स्थानमा छ । अल्बानियाको ३ खेलबाट ४ अङ्क छ ।

यस्तै, लाट्भियाको २ खेलमा ३ अङ्क, सर्बियाको १ खेलमा १ अङ्क नै छ भने एन्डोराले ३ खेलमा कुनै अङ्क जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्