Logo

विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार वाहलको मृत्यु



कतार, २४ मंसिर । कतारबाट विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ ।

विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले बिहान विज्ञप्ति नकालेर ग्रान्टको निधन भएको जानकारी दिएको हो ।

लुसेल रंगशालामा खेल हेर्ने क्रममा पत्रकार वाहललाई हृदयघात भएको कतार सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका वाहल एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय अनलाइन प्लेटफम सबस्ट्याकमा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए ।

गएको महिना मात्र उनलाई कतारी सुरक्षा अधिकारीले केही समय पक्राउ गरेका उनले बताएका थिए । लैंगिक अल्पसंख्यक समुदायको समर्थनमा इन्द्रेणी रंगको सर्ट लगाएर रंगशाला जाँदा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्