कतार, २३ मंसिर । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् ।
क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दै छन् ।