Logo

विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै



काठमाडौँ, १४ जेठ । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार (आज) क्यानडासँग अभ्यास खेल खेल्दै छ । जुन १ देखि हुने ट्वान्टी–२० विश्वकपअघि नेपालले खेल्न लागेको दुई आधिकारिकमध्ये पहिलो अभ्यास खेल हो ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो । आइसीसीको टी–२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने क्यानडा २३औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्