Logo

विश्वका सबैभन्दा प्रदूषित शहरमा दिल्ली दोस्रो, वायु गुणस्तर ४ सयमाथि



काठमाडौं, १८ मंसिर । भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३७६ माथि पुगेको छ, जसलाई ‘गम्भीर’ श्रेणी मानिन्छ। भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीका धेरै स्थानमा एक्यूआई ४ सयभन्दा बढी मापन भएको छ।

एक्यूआई गम्भीर तहमा पुगेसँगै वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ। श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा चिलाउने र संक्रमणका घटना बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

वायु प्रदूषणको विश्व सूचिमा अहिलेसम्म पाकिस्तानको लाहोर पहिलो, दिल्ली दोस्रो, र बंगलादेशको राजधानी ढाका तेस्रो सबैभन्दा प्रदूषित शहरका रूपमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्