झापा, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ ।
झापा-१ मा मतगणना भने जारी छ । अब ११ हजार ३ सय ९१ मत गणना गर्न बाँकी छ । तर विश्वप्रकाश १२ हजार ६ सय ८० मतान्तरले अगाडि छन् ।
विश्वप्रकाशले ३४५०८ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २१८२८ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७०३५ मत ल्याएका छन् ।







