काठमाडौँ, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।
उपराष्ट्रपतिको निर्वाचन पछि सत्ता साझेदार दलसँग छलफल र परामर्श गरी विश्वासको लिएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको सेतले बतायो । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारी गरेका छन् ।







