Logo

विश्व कप क्रिकेट लिग टु: ओमानसँग खेल्दै नेपाल



अमेरिका, २६ जेठ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ ।

श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्