Logo

विश्व कप क्रिकेट लिग-टु: नेपाल ओमानसँग पराजित



अमेरिका, २७ जेठ । विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, सुनिल धमलाले १२ र करण केसीले ८ रन जोडेका थिए ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३-३ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले १ सय ४ रनको शतकीय पारी खेले ।

यस्तै, खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन जोडे । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । ।

प्रतिक्रिया दिनुहोस्