Logo

विश्व पर्यटन दिवसमा प्रभातफेरी र सरसफाई



बिर्तामोड, ११ असोज । बिर्तामोडमा ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ ।

‘पर्यटनलाई पुन: विचार गरौं’ भन्ने नारा लिएर पर्यटन दिवस मनाइएको हो ।

आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना तथा निधी क्याम्पस, सुरुवाती कोठा नेपाल, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), ट्रेक ८५८६ को सहकार्यमा बिर्तामोडमा प्रभात फेरी गरी पाउँ पाथीभरा मन्दिर परिसर र सहिद उद्यन पार्क, सालबारी सिमसार परिसरमा सरसफाई गरेर विश्व पर्यटन दिवस मनाइएको छ ।

सुरुवाती कोठा नेपाल र आदर्श स्कुल अफ म्यानेजमेन्टले बर्सेनि विभिन्न कार्यक्रमहरु गर्दै पर्यटन दिवश मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्