काठमाडौँ, २८ भदौ । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर (झन्डै ३५ अर्ब रुपैयाँ)सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।
भदौ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका हुन् ।
मन्त्री कार्कीले सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताए ।







