मेचीनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा धुलाबारीमा वृक्षरोपण र सरसफाई गरीएको छ ।
मेचीनगर नगरपालिका वडा नं.१० को आयोजन तथा इलाका प्रहरी कार्यालय धुलाबारी, नयाँ बिहानी आमा समूह, प्रगतिशील युवा क्लब, धुलाबारी जेसिज तथा लिबीङ फाउडेसन स्कूलको सहकार्यमा भएको कार्यक्रममा धुलाबारीको शिशु साक्षर आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको हो । त्यसअघि धुलाबारीदेखि शिशु साक्षर आधारभूत विद्यालयसम्म सरसफाई गरीएको थियो ।
सो अवसरमा आँप, लिची, स्वामी, विभिन्न प्रकारका फूल, अम्बा लगायतका बिरुवाहरु रोपिएको मेचीनगर नगरपालिका वडा नं.१० का वडा सदस्य विशाल कार्कीले जानकारी दिए ।
उक्त कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१० का वडाध्यक्ष नारायण खनाल, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल माबोहाङ, नेपाल जेसिजका उपाध्यक्ष राजिव प्रसाईं, नयाँ बिहानी आमा समूहका अध्यक्ष कमला बुढाथोकी, प्रगतिशील युवा क्लबका सचिव शंकर गजुरेल, मेचीनगर अपांग संस्थाका अध्यक्ष राम बुढाथोकी, धुलाबारी जेसिजका अध्यक्ष रबिन पाठक, वडाका जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।