Logo

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक काठमाडौँमा



काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी आज नेपाल आइपुगेका हुन् ।

भ्रमणका क्रममा नेपालमा रहँदा महानिर्देशक गेहब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्