Logo

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी



डोटी, २४ साउन । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् ।

आदर्श गाउँपालिका-२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।

दिपायल-मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए ।

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका-९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका-१६ का हर्क रम्जाली रहेका छन् ।

बिरामी भएका सबैको आदर्श गाउँपालिकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्