Logo

विषालु सर्पले टोकेर झापामा एक बालिकाको मृत्यु



 

झापा, १२ असार । झापाको कचनकवलमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

कचनकवल ३ गंगाबस्तीमा हिजो साँझ हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भरको भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले टोकेको थियो । बालिकालाई बनियानी सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेको समयमा सर्पले टोकेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्