Logo

वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन



वीरगञ्ज, ८ वैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी गठबन्धन गरेका छन् ।

तालमेलअनुसार महानगर प्रमुखमा एमालेबाट र उपप्रमुख लोसपाबाट उठ्ने भएका छन् ।

दुवै पार्टीका नेताहरूले आज वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्णलगायत सहभागी थिए ।

तालमेलसम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्