Logo

वीरगञ्जमा विजयभन्दा राजेशमान १५ हजार भन्दा बढी मतले अगाडि



वीरगञ्ज, ८ जेष्ठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान विजयबीच झण्डै दोब्बर मत अन्तर छ । राजेशमानले ३२ हजार १५८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १६ हजार ८८२ मत ल्याएका छन् ।

उनीहरुबीचको मत अन्तर १५ हजार २७६ छ । प्रमुख पदका अर्का उम्मेदवार राप्रपाका गिरीश गिरीले २ हजार ३५९ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तम लाल झाभन्दा चार गुणा बढी मत ल्याएका छन् ।

इम्तियाजले २२ हजार १०५ मत पाउँदा झाले ५ हजार २६६ मत मात्रै पाएका छन् । उनीहरुबीच १६ हजार ८३९ को मतान्तर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्