Logo

वीर अस्पतालमा पर्खाल खस्दा चार जना घाइते



काठमाडौँ, १७ वैशाख । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् ।

आइतवार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लगातारजसो परेको पानीका कारण छतको पर्खाल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्