काठमाडौँ, ४ साउन । एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकामा सुरू भएको नवौं संस्करणको पहिलो खेलमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।