काठमाडौं, १४ असोज । वेष्ट इन्डिजमाथिको जितसँगै नेपालले क्रिकेटमा केही रेकर्ड बनाएको छ। यूनिटी कपको दोस्रो खेलमा नेपालले वेष्ट इन्जिटलाई ९० रनले हराएको हो।
यो खेलमा नेपालले दुई वटा अन्तर्राष्ट्रिय रेकर्ड तोडेको छ।
टी–२० अन्तर्राष्ट्रियमा एशोसियट देशले आइसीसीको पूर्ण सदस्य देशलाई सबैभन्दा ठूलो रन अन्तरले पराजित गरेको रेकर्ड बनेको छ। यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो। अफगानिस्तानले जिम्बावेलाई ८१ रनले पराजित गरेको थियो।
त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमाएशोसियट देशले पूर्ण सदस्य देशलाई सबैभन्दा कम स्कोरमा रोकेको रेकर्ड पनि बनेको छ। यसअघि ८८ रनको रेकर्ड थियो। नेदरल्याड्सले इंल्याण्डलाई ८८ रनमा सिमित गरेको थियो। नेपालले वेष्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर सानदार जित निकालेको हो।
त्यस्तै, नेपालको लागि राष्ट्रिय रेकर्ड पनि बनेको छ। नेपालले टी–२० अन्तर्राष्ट्रियमा चौथो विकेटमा पहिलोपटक सय रनको साझेदारी बनेको छ। आसिफ शेख र सन्दीप जोराबिच एक सय रनको साझेदारी भएको हो। यसअघि रोहित पौडेल र रोहित आसिफ शेखबिच ९९ रनको साझेदारीको रेकर्ड थियो । बलिङ, ब्याटीङ र फिल्डिङमा नेपालले उत्कृष्ट प्रदर्शन गरेर नेपालले यी रेकर्ड बनाएको हो।