काठमाडौँ, १९ वैशाख । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।
आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज १/१ को बराबरीमा छ ।