Logo

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला भारतलाई



काठमाडौँ, २२ साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० शृङ्खला पाहुना टोली भारतले जितेको छ ।

गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४-२४ रन बनाए ।

भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २-२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसका लागि ऋषव पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहँदै ३० रन जोडे ।

वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्